संसदमा परराष्टमन्त्रीको आक्रोशः निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन अन्यथा प्रतिगमन हुने हो?
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ०१:५२

काठमाडौ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिमगनको बाटोमा हिँडेको भनि सरकारलाई लगाउने गरिएको आरोपप्रति संसद बैठकमा आक्रोश पोखेका छन् ।उनले निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन हुने अन्यथा प्रतिगमन हुने हो भन्दै प्रश्न गरे।
प्रतिनिधिसभामा दलका प्रतिनिधिका रुपमा बोलेका मन्त्री ज्ञवालीले काठमाडौँमा खानेपानी, तराईंमा सिँचाइ र कोरोनाको कोप लगाउँदा प्रतिगमन नहुने बताए। उनले नागरिकलाई कोरोनाको खोप सुरुमै दिने मुलुकहरु मध्ये नेपाल पनि पर्ने बताए।
‘विश्वका ६० देश मध्ये नेपालले पनि सुरुमै कोरोनाको भ्याक्सिन दियो। चीनले आठ लाख दियो। भारतले १० लाख दिँदैछ। हामीले कोरोनाका विरुद्ध सफलना पाउने चरणमा छौँ’, उनले भने। मुलुकको बाह्य सम्बन्धमा पनि सफलता पाएको मन्त्री ज्ञवालीले चर्चा गरे।
‘सिडअमा सादनदार मतका साथ विजय हासिल गरेका छौँ। भारतसँग सीमा सम्बन्धबारे कुराकानी गरेका छौँ। प्रधानमन्त्रीले कडा कुरा गरेको होइन। नेपाल भारत संयुक्त बैठक माघ २ गतेको बैठकमा लिम्पिया धुराको समस्या औपचारिक रुपमा राखेका छौँ’, उनले भने।
मन्त्री ज्ञवालीले यसबीचमा नेपालले सगरमाथाको उचाइ आफ्नै मिहिनेतमा नापेको पनि बताए। उनले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने बताउँदै खण्डित नभएको अवस्थामा दलहरुले रतनात्मक भूमिका खेल्ने अपक्षा गरेको बताए।
मन्त्री ज्ञवालीले सरकारले पछिल्ला दुईवटा मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताए।
प्रतिकृया