• 4:17 pm

२ करोड ६१ लाख रुपैयाँ हुण्डी रकम सहित काठमाडौँमा १७ जना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०१:२२

काठमाडौं : २ करोड ६१ लाख रुपैयाँ हुण्डी रकम सहित काठमाडौँमा १७ जना पक्राउ   परेका छन् ।   पछिल्लो समय हुण्डी कारोबारको अभियोगमा मानिस समातिने क्रम बढेकाले कारोबारी सक्रिय रहेको देखिन्छ। काठमाडौं प्रहरी परिसरले मात्र गएको तीन महिनामा १७ जनालाई हुण्डी कारोबारको अभियोगमा नियन्त्रणमा लिएको छ।

फागुनको तेस्रो साता मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको थियो।

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल कुलेश्वर स्थित कान्तिपुर कोलोनीमा बस्ने कुलेश्वर फलफूल बजारका फलफूल पसल सञ्चालक वर्ष ३७ का नवराज कार्की, नुवाकोटकै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ घर भई हाल तार्केश्वर नगरपालिका वडा नम्बर १० बस्ने कार्कीको पसलका कामदार वर्ष २४ का सुमन थापा र भारतको विहार राज्य बेतिया जिल्ला घर भई कुलेश्वर बस्ने वर्ष ५६ का सत्य नारायण प्रसाद रहेका थिए।

पौष महिनादेखि अहिलेसम्म १७ जना हुण्डी कारोबारी पक्राउ गरिसकेको र प्रहरी हुण्डी कारोबार नियन्त्रण गर्न सक्रिय रहेको परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए। तीन महिनाको अवधिमा २ करोड ५१ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ।

प्रतिकृया