• 4:03 pm

शिवपुरी गाउँपालिकाद्धारा अध्यक्ष कप फुटवल प्रतियोगिता हुँदै

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०८:५०

नुवाकोट: नुवाकोटको शिवपुरी गाउँपालिकाले चैत १८ गतेदेखि अन्तरपालिका अध्यक्षकप फुटवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
जिल्लाभित्रको पालिकाबीच आपसी सद्भाव कायम गर्दै “अध्यक्ष कप फुटवल” प्रतियोगिता आयोजना गरेको हो ।

 

सो प्रतियोगितामा सहभागि भइ प्रथमः हुने समूहलाई प्रमाणपत्र सहित छ लाख रुपियाँ, दोस्रो हुनेलाई चार लाख, तेस्रो हुनेलाई समूहलाई दुई लाख प्रदान गरिने शिवपुरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटवल खेलको आयोजना गरिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो “यस खेलबाट जिल्लाभित्र लुकेर बसेका खेलाडीका पहिचान हुने र गाउँपाकिामा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्नेछ ।”
उक्त प्रतियोगितका लागि अहिले तयारी धमाधम भइरहेको शिवपुरी गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया