• 4:16 pm

पार्टी एकताका लागि प्रयास जारी राख्ने नेपाल पक्षीय भेलाको निष्कर्ष

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०६:२१

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी एमाले को माधव कुमार नेपाल र झलनाथ खनाल पक्षीय भेलाले अन्तिम समयसम्म आफ्नो पार्टी एकताका लागि प्रयास गर्ने निष्कर्ष निकालेको छ। भेलाको समापनमा १७ बुँदे प्रस्ताव पारित गर्दै भेला सकिएको हो। ललितपुरको सानेपामा बुधबारबाट सुरु भएको दुईदिने भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो।

भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीभित्र भएको स्वेछाचारी कदमको निन्दा गरेको छ। साथै एमाले फुटाउन खोजिएको भन्दै नेपाल–खनाल समूहको भेलाले त्यसको भर्त्सना गरेको छ।

यस्तै भेलाले सर्वोच्च अदालतले निवेदकले माग नै नगरेको राजनीतिक विषयमा प्रवेश गरी फैसला गरेको भन्दै फागुन २३ गतेको फैसलाप्रति असहमति जनाएको छ।

प्रतिकृया