एमाले विवाद : खनाल-नेपाल समूहको भेला आज सकिँदै
प्रकाशित मिति
२०७७ चैत्र ५ गते, बिहीबार ०९:४३

काठमाडौँ: सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ ।
पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन् । भेलाले उक्त समूहको आगामी रणनीति पनि तय गर्ने तयारी छ । भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन् ।
फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।
ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।
प्रतिकृया