महामारीपछिको आर्थिक प्रोत्साहन हटाउने चीन पहिलो देश
प्रकाशित मिति
२०७७ चैत्र ३ गते, मंगलवार ०५:४०

काठमाडौँः कोभिड–१९ महामारी शुरु भएपछि जारी गरिएका प्रोत्साहन प्याकेज चीन सरकारले फिर्ता लिएको छ । प्रमुख अर्थतन्त्रहरूमध्ये अर्थतन्त्र पुनरुत्थान हुँदै गएपछि आर्थिक प्रोत्साहन हटाउने चीन पहिलो देश हो । महामारीबाट परेको आर्थिक–सामाजिक र मानवीय जोखिम न्यूनीकरणका लागि धेरै देशहरूले प्रोत्साहन प्याकेज ल्याएका थिए ।
अमेरिका र युरोपेली देशहरूले भने अझै पनि प्रोत्साहन प्याकेजहरू जारी गरिरहेका छन् । यस हिसाबले आगामी दिनहरूमा चिनियाँ अर्थतन्त्र अन्य देशको तुलनामा चिनियाँ अर्थतन्त्रको आर्थिक विस्तारको दृष्टिले अग्रपंक्तिमा हुनेछ । चीनको यो कदमले अन्य देशहरूलाई आर्थिक वृद्धिलाई शिथिल नबनाइ वा बजारमा अस्थिरता सिर्जना नहुने गरी कसरी प्रोत्साहन फिर्ता लिने भन्ने चुनौती समेत थपिएको छ ।
यद्यपि चिनियाँ नीति निर्माताहरूले भने ज्यादा तातिएको हाउजिङ मार्केटको असन्तुलन जोगाउने चुनौती भने कायमै छ । उनीहरूले विगतको विश्वव्यापी आर्थिक मन्दीमा जस्तै ऋण कर्जामा अंकुश लगाउने बहुवर्षीय अभियान नै शुरु गर्ने चासो देखाएका छन् ।
यदि चीनले कर्जामा समेत अंकुश लगाउन थाल्यो भने यो गलत कदम हुनेछ र अर्थतन्त्रको पुनरुत्थानमा क्षति पुग्नेछ, जसले विश्व अर्थतन्त्रलाई नै क्षति पुर्याउन सक्नेछ । चीनको यो कदमले खराब कर्जा थप बढ्ने वा चीनियाँ धितोपत्र बजार ९स्टक मार्केट०मा ठूलो गिरावट आउन सक्छ ।
प्रतिकृया