• 3:20 pm

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड, एमालेमा गएकालाई फर्काउन कार्यदल गठन

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०४:३८

काठमाडौँ: नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको हो।

सांसद वर्षमान पुनका अनुसार राष्ट्रियसभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरिएको छ। एमालेमा गएका नेताहरुलाई पार्टीमा फर्काउने विषयमा पनि बैठकमा छलफल भएको छ।

त्यसका लागि नारायणकाजी श्रेष्ठ, देव गुरुङ र नेता पुनको नेतृत्वमा कार्यदल बनाइएको छ। माओवादी केन्द्रले माओवादी मन्त्रीहरुलाई फिर्ता हुनका लागि औपचारिक पत्र पठाइसकेको छ।

प्रतिकृया