रोल्पामा ग्लोबल आइएमई बैंकले गर्यो २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरूवात
प्रकाशित मिति
२०७७ चैत्र ३ गते, मंगलवार ०४:२३

रोल्पा : ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएकोछ । यी दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५पुगेको छ ।
बैंकले रोल्पाको सुनिलस्मृति गाँउपालिका वडा नं। १, घोडागाँउ र वडा नं। ८, अरेस बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन्।घोडागाँउमा खोलिएको सेवाको लागिमधु के।सी। र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधिनियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने,डिसहोम,सिडिएमए,यूटीएल,एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमाशाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५५शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेकोछ।
प्रतिकृया