• 4:33 pm

चिनियाँ खोप लगाएकालाई मात्र भ्रमण अनुमति –चिनियाँ दुतावास

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०४:१२

काठमाडौं : चीनले आफ्नो देशमा निर्मित खोप लगाएका नेपालीहरुलाई मात्र भिसा दिने भएको छ । काठमाडौंस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै भिसा आबेदन गर्दा चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सूचित गरिएको छ ।

दुतावासले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनीया दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड १९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ।’चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने भनिएको सिनोफार्मको खोप हाल सम्म नेपाल आएको छैन ।

सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय गरे पनि खोप कहिले सम्म आईपुग्छ भन्ने टुङ्गो लागेको छै न ।
दुताबासले जारी गरेको सूचना

http://np.china-embassy.org/eng/News/t1861123.htm

प्रतिकृया