• 1:41 am

माओवादीको राष्ट्रियसभा दलको नेतामा शर्माको निरन्तरता

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०२:५४

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ ।

मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार बैठकले संसदीय दलको विधान मस्यौदाका लागि ३ सदस्यीय कार्यदल गठन पनि गरेको छ । कार्यदलमा देव गुरुङ, रेखा शर्मा र रामनारायण बिडारी छन् ।

प्रतिकृया