मकवानपुरमा सात महिनामा महिला हिंसाका २१५ वटा घटना
प्रकाशित मिति
२०७७ चैत्र ३ गते, मंगलवार ०२:२५

हेटौंडा:मकवानपुरमा चालु आर्थिक वर्षको ७ महिनामा २१५ वटा महिलामाथि हुने हिंसाका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा १४६ वटा महिलामाथि हुने घरेलु हिंसाका घटना र ६९ वटा अन्य प्रकृतिका हिंसाका घटना दर्ता भएको छ ।
घरेलु हिंसाका १२४ घटनाको किनारा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र शाखाले जनाएको छ । यस्तै, अन्य प्रकृतिका महिला हिंसाका ६९ घटनामध्ये ५७ वटा घटनाको किनारा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
चालु आर्थिक वर्षमा दर्ता भएका २१५ वटा घटनामध्ये १८७ वटा मुद्दाको किनारासमेत लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा २१ वटा, भदौमा १४ वटा, असोजमा २३ वटा, कार्तिकमा १४ वटा, मंसिरमा २६ वटा, पुसमा २३ वटा र माघमा २५ वटा घरेलु हिंसाका घटना भएको छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनमा १० वटा, भदौमा ६ वटा, असोजमा १६ वटा, कार्तिकमा ८ वटा, मंसिरमा ११ वटा, पुसमा ६ वटा, माघमा १२ वटा अन्य प्रकृतिका घटना दर्ता भएको छ ।
प्रतिकृया