काँग्रेसका सभापति देउवालाई रौतहटमा १२१ किलोको माला लगाए
प्रकाशित मिति
२०७७ फाल्गुन १९ गते, बुधबार ०६:४५

रौतहट : नेपाली काँग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रौतहटको गढीमाई नगरपालिकाद्वारा आयोजित विष्णु महायज्ञ उद्घाटनमा पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै निलम्बित सांसद मोहमद आफताब आलमलाई रिहा गराएरै छोड्ने बताएका छन् ।
आलमको मुद्दा अदालतमा विचाराधीन रहेको र अदालती प्रक्रियाबाटै उनी रिहा हुने बताए । रौतहटबाट निर्वाचित सांसद आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा छन् ।
देउवाले देश अहिले जटिल अवस्थामा रहेको भन्दै नेपाली काँग्रेस पार्टीले मात्र मुलुकलाई निकास दिनसक्ने दावी गरे । देशमा अहिले जताततै धार्मिक कार्यक्रम भईरहेको उल्लेख गर्दै उनले धर्मको प्रभावले देशमा शान्ति आउने विश्वाससमेत व्यक्त गरे ।
महायज्ञको उद्घाटन गर्ने अवसर दिएकोमा उनले गढीमाई नगरपालिकाका मेयर श्यामबाबुु यादवलाई विषेश धन्यवाद दिएका थिए ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सभापति शेरबहादुर देउवालाई आयोजकले एकसय २१ किलोको माला लगाएर सम्मान तथा स्वागत गरिएको थियो ।
प्रतिकृया