काँग्रेस नेता खायमलीले गरे शैक्षिक सामाग्री वितरण
प्रकाशित मिति
२०७७ फाल्गुन १८ गते, मंगलवार ०८:४९

भक्तपुर: नेपाली काँग्रेसका नेता एंव समाजसेवी नारायणभक्त खायमलीले शैक्षिक सामाग्री वितरण गरेका छन् । भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा अवस्थित श्री बाल शिक्षा सदन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । बिद्यालयमा आयोजित कार्यक्रमा उनले ट्याकसुट, कापी ,कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेका थिए । उक्त विद्यालयका छात्र छात्रा गरी ८७ जना विद्यार्थीहरुलाई वितरण गरेका छन् ।
काङग्रेस भक्तपुर क्षेत्र नं २ का क्षेत्रीय सभापति रहेका नायराणभक्त खायमलीले् राजनिति ,संघ संस्थामा काम गर्नु र समाजसेवामा काम गर्नुमा धेरै अन्तर हुने र समाजसेवामा मुल्य र मान्यता साथ अगाडी बढेको खण्डमा सजिलै सफलता पाउन सकिने बताउनुभयो । राजनिति गर्ने हरेक व्यक्तिले समाजसेवा गर्नुपर्ने उनको भनाई थियो । कक्षा ८ सम्म पढाई हुने यस विद्यायलयलाई स्तरनोति गर्दै कक्षा १२ सम्म पढाइ हुने गरि आफुले सक्दो हयोग गर्ने उनले बताए । विद्यालयको लागि जुनसुकै सहयोगको लागि सदैव तयार रहने उनको भनाई थियो ।
कार्यक्रममा काङग्रेस नेता अंगद खड्काले विद्यालयको स्तर उन्नतिको लागि सहयोग गरी चाँडो भन्दा चाडो कक्षा बाह् सम्मको शिक्षाको लागि पहल गर्नमा जोड दिने बताए ।
विद्यालयका प्रधानाध्यापक कपिक प्रसाद पराजुलीले विभिन्न दातृ निकायको सहयोग विना विद्यायल नै चलाउन मुस्किल भएकाले आउदा दिनमा पनि विद्यार्थी एंव विद्यालयलाई सहयोग जारी राख्न आग्रह गरे । कार्यक्रममा नेता खायमलीका परिवारका सदस्यको समेत सहभागिता रहेको थियो ।
प्रतिकृया