डा.भट्टराईलाई ट्यूमरको चाँडै शल्यक्रिया गर्नुपर्ने’ क्यान्सर नभएको प्रमाणित
प्रकाशित मिति
२०७७ फाल्गुन १७ गते, सोमबार ०२:४१

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष आएको छ । भारतको नयाँदिल्लीमा उपचाररत डा.भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा चिकित्सकले परीक्षण गरेका थिए ।
उनलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले ट्वीटरमार्फत जानकारी गराएका छन् । उनलाई चाँडै शल्यक्रिया गर्न भने चिकित्सकहरुले सुझाव दिएका छन् ।
उनको बायोप्सी, डोटानोक, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीइटी सीटी स्क्यानसहितका परीक्षणपछि चिकित्सकहरुले उनलाई क्यान्सर नभएको बताएका हुन् ।
देखिएको ट्युमरलाई भने बेलैमा ढिला नगरी दुई तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । बेलैमा शल्यक्रिया नगरे क्यान्सर हुन सक्ने खतरा रहेको भनी सचेत गराइएको छ ।
भट्टराईको गत फेब्रुअरी २२ मा भारतको दिल्लीस्थित यकृत उवं पित्त विज्ञान संस्थानमा स्वास्थय परीक्षण भएको थियो । उनले प्रा.डा.विक्रम भाटियासँग परामर्श लिएका थिए । उनी मंगलबार ९फागुन १८०गते नेपाल वायुसेवामार्फत काठमाडौं फर्कने छन् ।
प्रतिकृया