• 4:11 pm

११ जना एसपीको सरुवा (सूचीसहित)

प्रकाशित मिति

२०७७ फाल्गुन १५ गते, शनिबार ०६:२९

काठमाडौँ :नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपी को सरुवा भएको छ । गोरखामा शेखर खनाल, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर, महोत्तरीमा दिनेश कुमार आचार्य र बर्दियाको प्रहरी प्रमुुखमा ईश्‍वर कार्कीलाई सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु सबैको सरुवा फागुन महिनाभित्रै लागू हुने गरी भएको हो ।

गृह मन्त्रालयले पनि आज शुक्रबार नै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको हो । सरुवा हुनेमा सवैभन्‍दा बढी प्रमुख जिल्ला अधिकारी सिडिओ छन् ।

 

प्रतिकृया