अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
प्रकाशित मिति
२०७७ फाल्गुन १२ गते, बुधबार ०५:१८

काठमाडौंः चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो अवैध लागूऔषध चरेश जस्तो देखिने खैरो वस्तु सहित मकवानपुर थाहा नगरपालिका-११ बस्ने ६१ वर्षीय जेठो गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौँडाबाट काठमाडौंतर्फ आइरहेको ना.४ ख ६११८ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त वस्तु सहित फेला पारी गोलेलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३४ वर्षीय बिजय कुमार सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पनेशस्थित सडकबाट ५ ग्राम अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ भोर्ले बस्ने २३ वर्षीय किशन वाईवालाई मंगलाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले ना।६५ प ७१५३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक किशनको साथमा उक्त लागूऔषध फेला पारी प्रक्राउ गरेको हो ।
चितवन, ईच्छाकामना गाउँपालिका-५ मुग्लिन बजारबाट करिब २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा बस्ने १८ वर्षीय २ जना किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी डेरा गरी बस्ने भारतको उत्तर प्रदेश घर भएका २८ वर्षीय अर्जुन लाल गुप्तालाई १ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई शरीरमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिरहा, लहान नगरपालिका-७ टाउनप्लानिङबाट पैदलयात्री औरही गाउँपालिका-१ हर्कटी बस्ने २६ वर्षीय संजिव कुमार यादवलाई ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको साथमा १० रुपैयाँको नोटको २ वटा सानो पोकाभित्र उक्त ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-६ बंगलादी डेरा गरी बस्ने २ जना जर्मनी नागरिकलाई अवैध लागूऔषध गाँजाको तयारी अवस्थामा रहेको ३ सय ७५ ग्राम खैरो रङको धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राहदानी नम्बर C3PLH7L0 वाहक ३४ वर्षीय OLIVER र राहदानी नम्बर E7002910A वाहक ३२ वर्षीया WEE LI JHEN रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया