पायोनियर मोटो कर्पद्धारा नयाँ निशानम्यागनाईट सार्वजनिक
प्रकाशित मिति
२०७७ फाल्गुन १२ गते, बुधबार ०२:०३

काठमाण्डौंः पायोनियर मोटो कर्प प्रा.लि. ले नयाँ निशानम्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपाल भरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गरेको छ । सबै ग्राहकहरुले ] https://nissan-nepal.com/book-a-vehicle मागएर बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाईटको मूल्य रु २९,४९,००० बाट उपलब्ध हुनेछ ।
निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निसान म्याग्नाइटले Nissan Next को नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्दछ।
Make in India, Make for the World’ को दर्शनमा निर्मित, नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुविधाहरूछन जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र घटण्भ्यूजस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ।म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ।
प्रतिकृया