देउवालाई भेट्न प्रचण्ड र नेपाल बूढानीलकण्ठ जाँदै
प्रकाशित मिति
२०७७ फाल्गुन १२ गते, बुधबार १२:५८

काठमाडौं : नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा र नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ ।सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि कांग्रेस सभापति देउवासँग छलफल गर्न प्रचण्ड र नेपाल बुधबार बूढानीलकण्ठ जान लागेका हुन् ।
उनीहरुबीच प्रतिनिधिसभा पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रम, संसद् बैठक, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ । कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवालाई भेट्न प्रचण्ड र नेपाल निवासमै आउन लागेको जानकारी दिए । ‘उहाँहरुले सभापति देउवाज्यूसँग भेट्ने समय लिनुभएको छ,’ उनले भने ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याउँदै मंगलबार सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो । सर्वोच्चको फैसला लगत्तै प्रचण्ड र देउवाबीच मंगलबार साँझ नै टेलिफोनमा कुराकानी भएको थियो ।
प्रतिकृया