• 4:00 am

पत्रकार राष्ट्रिय दबूको सातौं साधारणसभा सम्पन्न

प्रकाशित मिति

२०७७ फाल्गुन १२ गते, बुधबार १२:४६

भक्तपुरः आज नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको सातौं साधारणसभा सम्पन्न भएको छ। दबूका अध्यक्ष रामगोपाल तामखुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले प्रमुख अतिथि गरेका थिए ।

केन्द्रीय अध्यक्ष बज्राचार्य मन्तव्य दिंदै संस्थागत विधि विधान, नेवाः पत्रकारहरुको हक, हित र संगठित हुनु पर्ने आजको आवश्यकता बारे प्रकाश पारे । उनले नेवाः पत्रकार राष्ट्रिय दबूले सदस्यहरुलाई सहयोगको लागि कल्याणकारी कोष स्थापना गरिसकेको र अक्षयकोषमा पनि बृद्धि गर्दै जाने लक्ष्य रहेको बताए । हरेक समयमा पनि नेवाः पत्रकारहरु एकजूट हुनु पर्नेमा जोड दिंदै साधारणसभाको सफलताको कामना समेत गरे ।

उक्त कार्यक्रममा केन्द्रीय महासचिव सुनिल महर्जन, केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले मन्तव्य दिएका थियो भने दबूका सचिव देवेन्द्र र कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सर्वसम्मतबाट पारित गरियो ।

पत्रकार रत्नकृष्ण श्रेष्ठले आप्mना आमाबुबाको स्मृतिको नाउमा दिइने पत्रकारिता पुरस्कार वापत दबूका कोषाध्यक्षलाई रु. १० हजार हस्तान्तरण गरे। उक्त पुरस्कार दबूले प्रत्येक वर्ष पत्रकारिता गर्ने नेवाः पत्रकारहरुलाई प्रदान गरिने दबूका अध्यक्ष रामगोपाल तामखुले बताए ।

प्रतिकृया