• १०:२५ २०८१ बैशाख ७ गते
  • 10:25 am

सुरक्षा परिषद् बैठकः विप्लवमाथिको प्रतिबन्ध फुकुवाबारे छलफल

प्रकाशित मिति

२०७७ फाल्गुन ११ गते, मंगलवार ०१:१०

225 e1614048778719

काठमाण्डौ- नेत्रविक्रम चन्द विप्लव समूहको नेकपामाथि दुई वर्षदेखि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले फैसला गरेपछिका संभावित सुरक्षा जोखिमबारे छलफल गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको परिषद् वैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने उपस्थित थिएनन् । परिषद् वैठक लगत्तै २ बजे प्रधानमन्त्रीले मन्त्रीपरिषद् वैठक डाकेका छन् । मन्त्रीपरिषद्ले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने उच्च सरकारी स्रोतले जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा रक्ष, गृह, परराष्ट्र, अर्थ मन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने संवैधानिक प्रावधान छ ।

आजै साँझ प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखलाई समेत छलफलका लागि बोलाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा सुनुवाई भईरहेको छ । सर्वोच्च अदालतमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको वैधानिकता परीक्षणको निर्णयक घडीमा प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाइरहेका छन् ।

हिजो सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो ।

प्रतिकृया