• 3:43 pm

बाँकेमा दुई थान चितुवाको छाला सहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७७ फाल्गुन ११ गते, मंगलवार १२:५१

बाँकेः राप्तीसोनारी गाँउपालिका १ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका ३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका ७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका ३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।

चितुवाको छाला ओसारपसार भईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय
बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया