• 4:23 am

मानव सेवा आश्रमलाई नेपाल एसबीआई बैङ्कको सहयोग

प्रकाशित मिति

२०७७ फाल्गुन १० गते, सोमबार ०५:५१

काठमाडौं – नेपाल एसबीआई बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित मानव सेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको ५ । सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ ।

मकवानपुरको हेटौंडा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरूबाट आफ्नो सेवा प्रदान गर्दै आएको ५ । आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटा लाई उक्त सामानहरु हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ ।

 

प्रतिकृया