• 5:22 pm

नारायणहिटी अगाडि ओलीको पुतला बनाएर विद्यार्थीले गरे जुत्ता प्रहार

प्रकाशित मिति

२०७७ फाल्गुन १० गते, सोमबार ०३:५२

काठमाडौं-नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले हानेका छन् । आज सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् ।

विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । अनेरास्ववियूका सहसंयोजकले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताए ।

 

प्रतिकृया