• 5:10 pm

पशुपतिमा क्षमापूजासहित सुनको जलहरी राखिँदै

प्रकाशित मिति

२०७७ फाल्गुन १० गते, सोमबार ०७:५६

काठमाडौं: पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो ।

१ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवा डा। प्रदीप ढकालले जानकारी दिए । जलहरी राख्नुअघि भारतबाट आएका २६ जना पण्डित तथा नेपालका १६ जना पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिहेको लक्ष्मण पन्थी बताउँछन् । सो पूजा आगामी बुधबारसम्म चल्नेछ । आजको नेपाल समाचार पत्रमा छ ।

प्रतिकृया