चीन र जापानबीच ओगासावरा टापुमा टकरावको संकेत
प्रकाशित मिति
२०७७ फाल्गुन १० गते, सोमबार ०७:५१

एजेन्सी:चीन र जापानबीच ओगासावरा टापु क्षेत्रमा टकराव बढ्ने देखिएको छ । जापानले दाबी गरेको टापुमा चीनले आफ्ना जलसैन्य तथा अनुसन्धान जहाजहरू पठाएपछि जापानले पनि ओकिनोटरिशिमा नजिकै आफ्नो जल सेनाको गस्ती बढाएको छ ।
जापानले आफ्नो गस्तीले आफ्नो जलक्षेत्रमा अवैध माछा मार्ने कामलाई निरुत्साहित गर्ने तथा विदेशी जहाजहरूबाट आफ्नो क्षेत्रमा गरिएको निगरानी तथा अनुसन्धानको तत्काल जवाफ फर्काउन सक्षम बनाउँने बताएको छ।जापानले पहिलो पटक टोकियोको एक हजार किलोमिटर दक्षिणमा रहेको ओगासावरा टापुमा आफ्ना सीमारक्षक जलसैन्यलाई युद्धपोतसहित गस्तीका लागि तैनाथ गर्न लागेको हो ।
विश्लेषकहरुका अनुसार चीनले ओकिनोटरिशिमा वरपरको गहिरो समुद्री जलक्षेत्रमा गरिरहेको अनुसन्धानको जवाफमा यस्तो निर्णय लिएको हो। जापानी जलसैन्य सीमारक्षकले आउँदो महिनाहरूमा १ सय ८० टनको गस्ती जहाज मिकाजुकीलाई समेत ओगासावरा टापुहरूमा तैनाथ गर्न लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
प्रतिकृया