• २०:३७ २०८० चैत्र १५ गते
  • 8:37 pm

थप ८० जनालाई कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०५:०२

corono 8 e1613906157220

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ।

हाल देशभर १ हजार ४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

प्रतिकृया