ओली कसरी निरंकुशतातिर ? यी हुन् भीम रावलका चार आधार
प्रकाशित मिति
२०७७ फाल्गुन ९ गते, आईतवार ०४:३४

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
शनिबार ट्वीट गर्दै उनले चारवटा आधार प्रस्तुत गरेका छन् । जसबाट प्रधानमन्त्री ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुने उनको भनाइ छ ।
स्थायी कमिटी सदस्य रावलले ट्वीटमा लेखेका छन्, ‘‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधीकरण गर्नु र आफैँ कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर–२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ ।’’
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया