को बन्ला नेपाली अर्जुन रेड्डी ?
प्रकाशित मिति
२०७७ फाल्गुन ९ गते, आईतवार ०४:२५

काठमाडौं: दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको लागि कलाकार छनौट ‘अडिसन’ हुने भएको छ। चलचित्रको लागि कलाकारको खोजी गरिरहेको चलचित्र निर्माण टोलिले आवेदनको लागि सूचना सार्वजनिक गरेको छ।
निर्माण तथा बितरणको लागी अुनमती लिएको युवा फिल्म्स कम्पनी अहिले चलचित्रको लागी कलाकारको अडिसन गर्ने तयारी गरिरहेको हो। चलचित्रको लागी मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ।
यो चलचित्रमा केही नायकहरुको नाम समेत जोडीएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागी [email protected] मा इमेल गर्न आग्रह गरिएको छ।
दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । चलचित्रले निकै राम्रो व्यापार गरेको थियो।
‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई बिशाल सापकोटा ले निर्देशन गर्दै छ्न् । केशब खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन्।
प्रतिकृया