• 8:53 am

पत्रकार महासङ्घ युरोपको एकै दिन समानान्तर अधिवेशन

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०३:००

50 2 e1613898903808

पोर्चुगल -नेपाल पत्रकार महासंघ युरोप शाखामा एकै दिन छुट्टा छुट्टै दुई समानान्तर अधिबेशन सम्पन्न भएका छन् । महासंघ युरोप शाखाले चौथो अधिवेशनको भर्चुअल माध्यमबाट सञ्चारमन्त्री पार्वत गुरुङबाट उद्घाटन गराएको थियो ।

कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय महासचिव डा हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिए ।—- रासस

 

प्रतिकृया