• 7:38 pm

केपी ओलीलाई नेकपाको साधारण सदस्यबाटसमेत हटाइयो

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०६:५२

141977341 3647546398675500 7882410947460502684 n

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ ।

आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि दाहाल–नेपाल समूहले ओलीलाई पार्टी अध्यक्षबाटसमेत हटाएको थियो।

 

प्रतिकृया