पीएम कपः बागमतीसँग सुदूरपश्चिम १८० रनले पराजित
प्रकाशित मिति
२०७७ माघ ५ गते, सोमबार ०४:५६

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको दोस्रो खेलमा वाग्मती प्रदेशले जित निकालेको छ ।
वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो ।
जितसँगै वाग्मती लगातार दोस्रो खेलमा विजयी भएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९९ रन बनाएको थियो । उसका लागि पृथु बाँस्कोटाले ८४ र आदिल खानले ६३ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रनको योगदान गरे ।
बलिङतर्फ सुदूरका नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान दुई–दुई विकेट लिए ।
तीन सय रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको सुदूर २१ ओभरमा एक सय १९ रन बनाउँदा अलआउट भयो । उसका नारायण जोशीले अविजित ४४ र अर्जुन साउदले ३१ रन बनाए पनि ६ खेलाडीले एक रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ वाग्मतीका रामनरेश गिरीले चार विकेट लिँदा नारायण यादवले दुई विकेट लिए ।
प्रतिकृया