रेडक्रस सोसाइटी भक्तपुरले सम्पन्न गर्यो २७ औं जिल्ला सभा
प्रकाशित मिति
२०७७ माघ ५ गते, सोमबार ०४:४६

भक्तपुर: नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको २७ औं जिल्ला सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै रेडक्रस सोसाईटीका बागमति प्रदेश उपाध्यक्ष कृष्णेश्वरी हाडाले रेडक्रसले सरकारको प्राथमिकताको क्षेत्रमा काम गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग गर्दै आएको बताए ।
हाडाले रेडक्रस अभियानमा सबै रेडक्रसकर्र्मी मानवीय भावानाले बिना स्वार्थ कृयाशिल हुनुपर्ने बताए । उनले विपद् व्यवस्थापन सबैको चासोको विषय रहेको र यसमा रेडक्रसको भूमिका सह्रानीय रहेको समेत बताए ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नेपाल रेडक्रले आफ्नो स्थापनाको कालदेखिनै मानिसको जीवन रक्षा तथा स्वास्थ्य सुरक्षाको लागि समुदाय केन्द्रीत कार्यक्रमहरु समुदायमा संचालन गरेको उनले भनाई छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष तथा नेपाल रेडक्रसका गीतकार पुष्करराज बुढाथोकीले नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित सेवामूलक कार्यहरुले समुदायको उत्थानशीलता प्रवद्र्धधनमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै रेडक्रसकर्मीहरुले रेडक्रसको मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
जिल्ला शाखा अध्यक्ष मनोजकुमार थापाले जहाँ दुख त्यहाँ रेडक्रस भन्दै जिल्लामा कोरोना संक्रमण र भुकम्प जस्ता बिपद्का बेला स्वयंसेवा गर्न रेडक्रस सकृयतापुर्वक लागेको स्मरण गरे ।
उनले रडेक्रसमा रहेका कमीकमजोरीलाई सुधार्दै आगामी दिनमा यसको भुमिकालाई अझ सशक्त ढंगले बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
सभाले जिल्ला शाखाका मन्त्री पर्शुराम पाण्डे र कोषाध्यक्ष प्रदिप कुमार केसीबाट प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम पारित गरेको छ ।
सो अवसरमा उत्कृष्ट उपशाखाका रुपमा पहिलो दुवाकोट,दोस्रो दिब्यश्वरी र तेस्रो बालकोट उपशाखालाई पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी ईश्वर श्रेष्ठ,युवा सर्कल बाराही,स्वयंसेवकद्धय उमेश सिलवाल (बालकोट)र शुशिला श्रेष्ठ मध्यपुरलाई सम्मान प्रदान गरियो ।
कार्यक्रममा जिल्ला शाखका पुर्व सभापति नारायणभक्त सुवाल,पुर्वमन्त्री भुप्रकाश जोशी,उपसभापति कृष्णगोपाल लागेजु,शाखा ,उपशाखाका पदाधिकारी ,सदस्य लगायत रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।
प्रतिकृया