• 12:05 am

पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना पुष्टिः ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०४:३४

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

४ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३२२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

सोमबार थप ३७४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिकृया