• १४:०८ २०८० चैत्र १६ गते
  • 2:08 pm

भक्तपुरबाट ४ जना चोर पक्राउ

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०४:२१

pakrau 3 e1612325576819

भक्तपुरः भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको विभिन्न किसिमका औषधि र सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।

प्रतिकृया