काठमाण्डु: प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसद विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।
आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बुधवार आज कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् ।
संसद विघटनविरुद्ध परेको रिटमाथि गएको बुधबारदेखि नै सुनुवाई सुरु हुने भनिए पनि कार्कीले इजलासमा नबस्ने बताएपछि आजका लागि पेशी तोकिएको हो ।
हरिकृष्णको ठाउँमा सपना प्रधान मल्ल थपेर अरु तीन न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत राखिएको छ ।
धानन्ययाधीश चोलेन्द्रशमशेर राणासहित इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
प्रतिकृया