• 6:27 pm

सुनको मूल्य सामान्य वृद्धि,

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ११:४०

sun chadi

काठमाडौँ: नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ कारोबार छापवाल सुन आज ९२ हजार ९०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिकृया