काठमाडौंः माध्यामिक तह अन्तरर्गत कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।
मंगलबार सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो।
पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित गत असोज २८ गते भगवता अर्यालले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
यसअघि पटक पटक सुनुवाइ सरे पनि मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।
प्रतिकृया