एजेन्सीः जापानको समुद्र तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ।
जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्थानीय सञ्चार माध्यमले फुकुई प्रिफेक्चरमा ६० देखि ८० उमेर समूहका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन्।
हिउँदमा आउने विभिन्न प्रकोप सम्बन्धित दुर्घटनामा परेर जापानमा ४७ जना घाइते भएका छन्। यस्तै, निगाता प्रिफेक्चरमा पनि हिउँ फाल्ने क्रममा चारजनाको मृत्यु भएको छ। हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि सेनालाई पनि परिचालन गरिएको छ।
प्रतिकृया