• 7:05 pm

नयाँ रेकर्ड राख्‍ने नेप्से आज ऐतिहासिक विन्दुमा

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०४:२२

446 e1610447871250

काठमाडौं- सेयर बजार आज पनि ऐतिहासिक अंकमा पुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २८ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्स्चेन्जमा कारोबारमा आएका १२९ कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचक सुधारिएको हो । यसदिन ट्रेडिङबाहेक सबै समूहको उपसूचक बढे ।

नेप्से २८.५३ अंकले बढेर हालसम्मकै उच्च २२६७।९६ अंकमा पुगेको छ । परिसूचक १.२७ प्रतिशतले बढ्दा बजारमा करिब पाँच अर्ब रुपैयाँबराबरको सेयर किनबेच भए । यसदिन २ सय २ कम्पनीका एक करोड ३५ लाख कित्ता सेयर चार अर्ब ९८ करोड २३ लाख रुपैयाँमा कारोबार भएका हुन् ।

नेप्से बढेको दिन प्रिमियर इन्स्योरेन्सको सर्वाधिक २९ करोड रुपैयाँबराबरको सेयर किनबेच भए । कारोबारमा आएको सेयर संख्याका आधारमा सिभिल बैंक शीर्षमा रह्‍यो ।

बैंकको ६ लाख ३५ हजार कित्ता सेयर किनबेच भए । यस्तै माथिल्लो तामाकोसीको सेयर कारोबार संख्या सर्वाधिक रह्‍यो । नेप्से बढेको दिन आईएमई जेनेरल इन्स्योरेन्ससहित सात कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

यसदिन कारोबारमा आएका ट्रेडिङबाहेक सबै समूहगत उपसूचकमा हरियाली देखियो जसमध्ये जलविद्युत् समूहको सर्वाधिक ३.६ प्रतिशत तथा जीवन बिमा र निर्जीवन बिमा समूह क्रमशः २.६७ प्रतिशत र २.६६ प्रतिशतले उकालो लागे ।

प्रतिकृया