काठमाडौंः नायक राजेश हमालले लकडाउन खुलेपछि केही म्यूजिक भिडियोमा काम गरे । कुनै म्यूजिक भिडियोले औषत सफलता पाए भने केही म्यूजिक भिडियो अझै पनि भ्यूजकै लागि संघर्षरत छन् ।
हमाल नायिका नीता ढुंगानासँग एक गीतको भिडियोमा देखिएका छन् । गायिका लक्ष्मी आचार्यको ‘आफ्नै नाम मन पर्यो’ बोलको गीतमा हमाल र नीताको अभिनय हेर्न सकिन्छ ।
कुलेन्द्र विश्वकर्माको पनि यो गीतमा स्वर छ । प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा तयार भएको गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।
शिव वीकको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन, तारा थापाको सम्पादन छ ।
प्रतिकृया