मुम्बई- डान्सर अभिनेत्रीको पहिचान बनाएकी नोरा फतेहीले तैमुर अलि खानसँग विवाह गर्ने इच्छा जाहेर गरेकी छिन् ।
करिना कपुरको ‘ह्वाट वुमन वान्ट’मा करिनासँगै कुराकानी गर्ने क्रममा उनले यस्तो इच्छा जाहेर गरेकी थिइन् । ‘तैमुर ठूलो भएपछि उसले मान्यो भने उसँग विवाह गर्ने हो,’ नोराले करिनाको विवाह सम्बन्धी प्रश्नमा भनेकी थिइन् ।
नोराको कुराले हैरान भएकी करिनाले तैमुर जम्मा ४ वर्षको भएको बताइन् । नोराको जवाफ थियो, ‘केही छैन म कुर्न तयार छु ।
कुराकानीका क्रममा नोराले सैफ अलि खानको पनि तारिफ गरेकी थिइन् । नोराका अनुसार सैफको उनलाई नृत्य शैली अति नै मन पर्छ ।
क्यानेडियनकी मुलकी नोरा मूलतः आइटम नृत्यका कारण बलिउडमा चर्चित छिन् । हिन्दीसँगै मलयालम र तमिल फिल्ममा काम गरेकी नोराले ‘बाहुबली ‘किक २ ‘स्त्री ‘सत्यमेव जयते आदि फिल्ममा आइटम गरेकी थिइन् ।
‘
प्रतिकृया