• 12:36 pm

पार्टी छाड्ने भगौडाहरुको कुरा नसुन्न होला, हामीलाई गालीगलौज गर्ने फुर्सद छैनः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०३:२७

धनगढीः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्ष भगौडा भएको बताएका छन् ।

धनगढीमा आयोजित सुदूरपश्चिम स्तरीय जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर सडकमा बसेर हामी यहाँ छौ भन्दै नाटक गर्ने भगौडाहरु भएको आरोप लगाएका हुन् ।

पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न आग्रह गर्दै उनले आफुहरु कसैलाई गाली गर्ने पक्षमा नरहेको र आफु देशको विकासमा लागेको बताए ।

उनले भने, ‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन ।’

प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पुआधुरालाई नेपालको नक्शामा समावेश गरेकोले नै अहिले राष्ट्रिय राजनीतिमा कोकोहोलो गरेको आरोप लगाएको उनले बताए ।

नक्कली राष्ट्रवादीहरुलाई छटपटी भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पहलमा नै संबिधानको निशान छापमा सबैदललाई मनाएर एक ठाउमा ल्याएको दाबी गरे ।

प्रतिकृया