• 6:24 pm

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयद्वारा सडक अवरोध

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०३:१२

सुर्खेतः सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भेरीगंगा नगरपालिका–१० छिन्चुमा सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा महिलाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी वीरेन्द्रनगर–११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

घटनामा कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय मोटरसाइकल चालक दुर्गा शाही घाइते छन्।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले सडक अवरुद्ध पारेर पर्दशन गरिरहेका छन् ।

घटनापछि छिन्चु बजार तनावग्रस्त बनेको छ। स्थानीयले आन्दोलन गर्ने तयारीसहित सवारी साधन रोक्न थालेका छन्।

प्रकाशित मितिस् शुक्रबार, पुस २४, २०७७,

प्रतिकृया