तरुणदलद्वारा भक्तपुरमा विरोध कार्यक्रमः ओलीको सर्वसत्तावादले सडक संघर्ष निम्त्यायोः गगन थापा
प्रकाशित मिति
२०७७ पुष २४ गते, शुक्रबार ०३:०४

भक्तपुरः नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज भक्तपुरमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
भक्तपुर ठिमि नगर तरुण दलको संयोजगत्वमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र यो कानुन विपरित भएको भन्दै यसको विरुद्धमा कार्यक्रम आयोजना गरेको हो ।
भक्तपुरका विभिन्न स्थानबाट निस्केको र्याली र सरकार विरोधि नाराले भक्तपुरको यातायात अवस्था नै केहिवेर अस्तव्यक्त बनेको थियो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री ओलीले चालेको कदम पूर्ण रुपमा असंवैधाकि र प्रधानमन्त्रीको कदम सर्वसत्तावाद भएको बताउँदै कांग्रेस चुप लागेर नबस्ने प्रतिकृया दिए ।
उनले कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर नै प्रदर्शन जारी राखेको र ओलीको यो कदमले देश थप संकटमा पर्ने समेत बताए ।
कार्यक्रममा तरुण दलका सभापति जीतजंग बस्नेत, उपसभापति उत्तम चापागाँई, भक्तपुर कांग्रेसका सभापति दूर्लभ थापा, भक्तपुर तरुण दल अध्यक्ष राजु थापा, ठिमि कांग्रेस नगर सभापति सुरेन्द्र श्रेष्ठ, ठिमि उपमेयर अन्जना देबी मधिकर्मी लगाएतले सम्बोधन गरेका थिए ।
प्रतिकृया