• 4:26 pm

ट्रम्पले भिटो प्रयोग गरेर ल्याएको सुरक्षासम्बन्धी विधेयक अस्वीकृत, आफ्नै पार्टीका सांसद विपक्षमा

प्रकाशित मिति

२०७७ पुष १८ गते, शनिबार ०८:१०

एजेन्सीः अमेरिकी सदनले रक्षा विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरेको छ ।

राष्ट्रपति ट्रम्पले सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेपनि सदनले सो भिटो रद्द गर्नका लागि आफ्नो शक्ति प्रयोग गरेको हो ।

विधेयकलाई आफ्नै पार्टीका सांसदहरुले समेत विपक्षमा मतदान गरेका छन् । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक भिटो संसदले रद्द गरेको हो ।

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो । अमेरिकी संसदको तल्लो सदनका राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिकृया