कङ्गोमा २५ आम नागरिकको हत्या
प्रकाशित मिति
२०७७ पुष १८ गते, शनिबार ०७:५७
एजेन्सी- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा कम्तीमा २५ सर्वसाधारण मारिएका छन् ।
देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन ।
घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् ।
‘सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,’ एक अधिकारकर्मीले भने ।
कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ ।तस्वीर : एएफपी
प्रतिकृया