• 2:39 am

प्रदेश १ का १५ जना सांसद् निलम्बनमा

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०३:४०

बिराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् ।

राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । अव उनीहरुले संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन पाउने छैनन् ।

राईले निलम्बन गरेका सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।

 

प्रतिकृया