• 1:58 am

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक ओलीले गरे प्रचण्डलाई फोनः प्रचण्डपत्नीको अवस्था बुझ्न नेताहरु अस्पतालमा

प्रकाशित मिति

२०७७ पुष १५ गते, बुधबार ०८:१५

काठमाडौँः प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ‌ओली र पुष्पकमल दाहालबीच पहिलोपटक कुराकानी भएको छ ।

ओलीले अध्यक्ष दाहाललाई उनकी श्रीमती सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्नाका लागि फोन गरेका हुन् ।

मेडिसिटी अस्पतालमा बुधबार नै उपचारका लागि भर्ना भएकी सीताको स्वास्थ्यलाभको कामना गरेको देशान्तरले लेखेको छ ।

बताइएको छ । गर्दै ओलीले आफूले भेट्न अर्थमन्त्री बिष्णु पौडेल र पूर्वसभामुख सुवासकुमार नेम्वाङलाई पठाउन लागेको जानकारी गराएका थिए।

छोरा प्रकाश दाहालको निधनपछि केही वर्षयता मानसिक तथा शारीरिक रुपमा कमजोर बनेकी सीताको स्वास्थ्यमा समस्या आएपछि बुधबार नै मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

यसैबीच पूर्वसभामुख नेम्वाङले आफू र पौडेल सीता दाहालको स्वास्थ्य अवस्था बुझेर मेडिसिटीबाट फर्केको जानकारी र्दिको बताइएको छ ।

 

प्रतिकृया