• ०६:११ २०८१ बैशाख ७ गते
  • 6:11 am

शंखधर संग्रहालय सहितको सामुदायिक भवन उद्घाटन

प्रकाशित मिति

२०७७ मंसिर ९ गते, मंगलवार ०८:२७

pus

नेपाल संवत् मौलिक राष्ट्रिय संवत् – प्रमुख शाक्य
भक्तपुर,  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताउनुभएको छ । मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवन आज उद्घाटन गर्ने क्रममा बोल्दै नगर प्रमुख शाक्यले नेपाल संवत् मौलिक राष्ट्रिय संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नु नहुँने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका ठाउँ उपलब्ध भए जहाँ पनि नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखघर साख्वाः को शालिक र पार्क बनाउन तयार रहेको बताउनुभयो ।

प्रमुख शाक्यले साख्वाःको सम्मानमा उहाँलाई चीर कालसम्म सम्झनका लागि शालिक निर्माण होस् भन्ने जनस्तरको चाहनालाई महानगरपालिकाले पूरा गर्ने अवसर प्राप्त गरेको बताउनुभयो ।“शंखधरजस्तो राष्ट्रिय व्यक्तित्वलाई रत्नपार्कको सानो ठाउँमा शालिक बनाएर राखियो भनेर कता–कताबाट गुसानो आएको पनि सुनेको छु, म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु, राष्ट्रिय विभूति शंखधरको सम्मानमा महानगरपालिकाले कुनै कन्जुस्याइँ गर्ने छैन । शंखधरको भव्य शालिक निर्माणका लागि उपयुक्त स्थान उपलब्ध कसैले गराउँछ भने हातेमालो गर्न र आर्थिक सहयोग गर्न महानगरपालिका तयार छ ।”

उहाँले मथिनपालाई शंखधर गुरु योजना निर्माणका लागि थप रु एक करोड सहयोग गर्ने प्रतिबद्धता घोषणा गर्नुभयो ।गत बर्ष पनि काठमाडौं महानगरपालिकाले मथिनपालाई रु एक करोड सहयोग गरेको थियो ।त्यसअवसरमा वाग्मती प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले शंखधर साख्वाःको सम्झनामा मध्यपुरथिमिमा बनेको भवन र त्यसभित्रको संरचना ईतिहास बनेर रहने चर्चा गर्नुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घाषिणा गरेको स्मरण गर्दै उहाँको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रमुख श्रेष्ठले आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा रहेको बताउनुभयो । साख्वाःको इतिहास भक्तपुर र काठमाडौँसँग जोडिएको स्मरण गराउँदै उहाँले काठमाडौँ महानगरपालिकाको अन्तर नगर साझेदारी कार्यक्रम अन्तरगतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भैरहेको पनि जानकारी दिनुभयो ।

त्यसअवसरमा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ,नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस मध्यपुर नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले शंखधर साख्वाःले पुर्याएको योगदानकाबारेमा चर्चा गर्नुभयो ।

नगरपालिकाको रु ९० लाख, संघीय सांसद महेश बस्नेत मार्फत सांसद बिकास कोषबाट रु ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जनश्रमदानसहित रु १० लाख गरी जम्मा रु एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत् निर्माण भएको हो। राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा उद्घाटन गरिएको भवनमा सूचना केन्द्र, शंखधर संग्राहलय,प्रतिष्ठानको कार्यालय र हल रहने छ ।

 

प्रतिकृया