• 3:58 pm

अर्जुन पोखरेलको संगीतमा तिमीलाई देखेपछि

प्रकाशित मिति

२०७७ मंसिर ९ गते, मंगलवार ०५:४३

sonn

काठमाडौं, चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक भको छ । निलकण्ठ सुवेदीको शब्द रहेको गीतमा युवायुवतीको भेटपछि हुने प्रेमका कुरा समेटिएको छ । गायक भट्टराईले आफ्ना गीत मध्येमा यो धेरै मनपरेको बताएका छन् ।

गीतको भिडियो पनि बनेको छ । सुरेशदर्पण पोखरेलको निर्देशन रहेको भिडियो संयुक्तराज्य अमेरिकाका विभिन्न रमणीय स्थानमा छायाँकन भएको छ । भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । बिनोद अधिकारीको छायाँकन रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् ।

प्रतिकृया